काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दैं प्रचण्डले आफ्नो पार्टीले देउवालाई मत दिने बताए । सो अवसरमा बोल्दै प्रचण्डले निर्वतमान प्रधानमन्त्री केपी ओलीले पटक पटक संसद विघटन गर्नुलाई र्दुभाग्यको संज्ञा दिए ।
२ तिहाई बहुमतका प्रधानमन्त्री ओलीले आफ्नो बहुमत हुँदा हुँदै रुँदै हिँडेर पटक पटक संसद विघटन गरेर मनपरी लाद्न खोज्नु जस्तो घिनलाग्दो दृश्यकाबिच सर्वोच्चले जनताको संविधान जोगाएको भन्दै सर्वोच्चको फैसलाको चर्चा गरे । तर प्रचण्डले पटक पटक कुरा घुमाएर ओलीलाई प्रहार गरिरहे ।
त्यसअघि नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर मिनेन्द्र रिजालले निर्वतमान प्रधानमन्त्री ओलीलाई अहंकारी नेताको आरोप लगाए । केपी ओलीले संविधानलाई मिचेर एकलौटी शासन लाद्न खोजेको भन्दै संविधानको ७५ को धारा ५ ला बिर्सेर हिँडेकै कारण आजको दुर्गती आएको बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दैं नेता रिजालले ओलदीले देशलाई नै अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाए ।
ओली सरकार एकपछि एक गर्दै भ्रस्ट बन्दै गएका कारण प्रचण्ड, माधव नेपाल र देउवाहरु एकै स्थानमा उभिनुको विकल्प नभएका कारण आजको समिकरण देखापरेको बताए । नेता रिजालले ओलीलाई सल्लाह दिँदै अझै पनि सच्चिन सकिने भन्दै सच्चिनका लागि आग्रह गरेका छन् ।