ओलीको घमण्डका कारण आज माधव, प्रचण्ड र देउवाहरु एकै स्थानमा उभिए — OSNepal

ओलीको घमण्डका कारण आज माधव, प्रचण्ड र देउवाहरु एकै स्थानमा उभिए

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर मिनेन्द्र रिजालले निर्वतमान प्रधानमन्त्री ओलीलाई अहंकारी नेताको आरोप लगाएका छन् । केपी ओलीले संविधानलाई मिचेर एकलौटी शासन लाद्न खोजेको भन्दै संविधानको ७५ को धारा ५ ला बिर्सेर हिँडेकै कारण आजको दुर्गती आएको बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दैं नेता रिजालले ओलदीले देशलाई नै अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाए ।

ओली सरकार एकपछि एक गर्दै भ्रस्ट बन्दै गएका कारण प्रचण्ड, माधव नेपाल र देउवाहरु एकै स्थानमा उभिनुको विकल्प नभएका कारण आजको समिकरण देखापरेको बताए । नेता रिजालले ओलीलाई सल्लाह दिँदै अझै पनि सच्चिन सकिने भन्दै सच्चिनका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर