गल्ती कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी — OSNepal

गल्ती कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी

LC (KTM) June 22, 2023 0

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले  समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर