आखिर किन निक जोनसमा आफ्नो बुवाको छबि देख्छिन् प्रियंका चोपडा ? खुलाईन् अहिले सम्मकै ठुलो रहस्य — OSNepal

आखिर किन निक जोनसमा आफ्नो बुवाको छबि देख्छिन् प्रियंका चोपडा ? खुलाईन् अहिले सम्मकै ठुलो रहस्य

LC (KTM) July 18, 2021 0

प्रियंका चोपडा आज आफ्नो ३९ औ जन्म दिन मनाईरहेकी छिन् । प्रियंकालाई ग्लोबल आईकन मानिदै आएको छ । किनकी उनले हलिउड र बलिउड दुबैमा आफ्ना नाम बनाईसकेकी छिन् ।

प्रियंकाको फिल्मको प्रतिक्षा फ्यानहरुलाई हुन्छ नै त्यसको अलवा उनको ब्यक्तिगत जिवनको कुराहरु सुन्न झनै मरिहत्ते गर्छन् फ्यानहरु । प्रियंका चोपडाले हलिउड सिंगर निक जोनस संग बिबाह गरेकी छिन् । दुबैको बिबाह गरेको २ बर्ष भन्दा बढी भईसकेको छ ।

निकमा आफ्नो बुवाको छबि देख्छिन् प्रियंका

प्रियंका चोपडा, पति निक जोनस तथा उनका परिवार बीचको बोन्डिङ एकदमै राम्रो रहेको छ । प्रियंकाले एकपटक बताएकी थिईन् कि निक जोनसलाई उनले जिवन साथी किन रोजिन् भनेर । उनले त्यतिबेला निक आफ्नो स्वगीर्य पिता डाक्टर अशोक चोपडाबीच धेरै कुराको समानता रहेको बताएकी थिईन् ।

त्यसैले उनले निकमा आफ्नो बुवाको छबि देख्ने गरेको बताएकी छिन् । प्रियंका उनको बुवा संग एकदमै नजिक थिईन् । अशोक चोपडाको निधन जुन २०१३ मा क्यान्सरका कारण भएको थियो । २०१९ मा प्रियंकाले निकमा आफ्नो पिताको छबि देख्ने गरेको बताएकी थिईन् ।

उनले भनेकी थिईन्– जसरी म उनलाई जान्दै गईरहेको छु , हो मलाई लाग्छ कि मैले यस्तो बिबाह गरेछु जो मेरो पिताको छबि हो । संगीत मात्र हैन , उनीहरु दुबै मजबुत, जमीनबाटै जोडिएको तथा भरोसाको लायक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर