अभिनेता अर्जुन रामपालले आफ्नो आगामी एक्शन–थ्रिलर फिल्म धाकडको शुटिंग पुरा गरेका छन् । यस फिल्ममा कंगना रनावत मुख्य भुमीकामा रहेकी छिन् । आफ्नो शुटिंग सकेपछि अर्जुनले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा केही बिटिएस तस्बिर शेयर गरेका छन् ।
कंगना संग शेयर गरेको तस्बिर सबैलाई एकदमै मन परेको छ । पोष्ट शेयर गर्दै उनले आफ्ना प्रशंसक संग माफी समेत मागेका छन् । जसको कारण यो छ कि अर्जुनलाई तस्बिर काट्नु परेको छ किनकी यस फिल्मको लागि उनको लुक्स बाहिर आएको छैन ।
अर्जुनले फ्यान संग माफी मागे
फोटो शेयर गर्दै अर्जुनले क्याप्शन लेखेका छन्– यो मेरो लागि धाकडको रैपअप हो, एकाएक खालीपनको भानवाले घरमा प्रहार गर्दछ । जब तपाईसंग नजिक भएको कुनै चीनसंग मिल्छ । म संग टीम क्रुको साथ भएका संझनाहरु अति बिशेष छन् ।
उनले आफ्ना फ्यान संग माफी माग्दै सेटबाट कंगनाको फोटो क्रप गर्नुपरेको बताएका छन् । उनको र आफ्नो लुक्स अहिले सम्म बाहिर नआएकोले यस्तो गर्नुपरेको बताएका छन् । कंगनालाई ट्याग गर्दै उनको साथमा काम गर्नु एकदमै अदभुत रहेको बताएका छन् ।