मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम रोकियो । अहिले कोरोनाका कारण त्यहाँ लकडाउन जारी छ । तथापि, उनी आन्तरिक रूपमा यो फिल्मका तयारी गर्दै छन् । फिल्मका लागि उनी फिटनेस र अन्य तयारीमा जुटेका छन् ।
यसैबीच फिल्मको नायिका परिवर्तन भएकी छन् । यसअघि सो फिल्ममा अभिनेत्री कृति सेननलाई लिइएको बताइएको थियो । विविध कारणले सो फिल्मबाट कृति बाहिरिएकी छन् । यतिबेला फिल्म गणपतमा अर्की नायिका नोरा फतेही अनुबन्धित भएकी छन् । डान्सरका रूपमा परिचय बनाएकी नोरा पछिल्लो समय नायिकाका रूपमा छाइरहेकी छन् ।राजधानि दैनिकमा खबर छ । फिल्मको कथामा नृत्य पनि महŒवपूर्ण रहेकाले उनलाई अनुबन्धित गरिएको निर्माण पक्षको कथन छ । नोराले टाइगरसँग फिल्म गणपतमार्फत पहिलोपटक काम गर्दै छिन् । यसमा आफू निकै उत्साहित रहेको नोराको कथन छ । तर, नोराको भूमिकाबारे अहिले खुलाइएको छैन ।
अभिनेता टाइगरका अघिल्ला फिल्म जस्तै यो फिल्म पनि एक्सन प्रधान हुनेछ । फिल्ममा उनी जुझारु योद्धाका रूपमा प्रस्तुत हुनेछन् । बागीलगायतका उनका हरेक फिल्म एक्सन प्रधान नै छन् । सोही कारण उनी यो फिल्ममा पनि एक्सन प्रधान भूमिकामा प्रस्तुत हुन लागेको निर्माण पक्षको भनाइ छ । फिल्मको छायांकन मुम्बईमा लकडाउन खुलेर अवस्था सामान्य भएपछि सुरु गरिने भएको छ ।