काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको निर्णय मान्नेहरू मात्रै संविधान माननेहरु भएको बताएका छन् ।
नेता गौतमले धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने कुरामा जोड दिँदै भने ‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो यसको सबैले पालना गर्नुपर्छ ।
‘संविधानको धारा ७६(५) को व्याख्या के हो भने संविधान संशोधन नगर्दासम्म त्यसमा ह्वीप नलाग्ने कुरामा आँफु स्पस्ट रहेको उल्लेख गर्दै नेता गौतमले सबैलई स्पस्ट रहन पनि आग्रह गरेका छन् ।
यो पनि : देउवालाई एमालेबाट २३ मात्रै नभई ३५ जनाभन्दा बढी एमाले सांसदले मत खस्ने संभावना ! : नेकपा एमालेको माधव समुह बाहेकका २३ जना सांसदहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने संभावना बढेर गएको छ । नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत देउवालाई खस्ने दाबी गरेसँगै देउवा झनै बलियो हुने भएका छन् ।
नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् । प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिन लागेको बेला राजनीतिक माहोल तातिरहेका बेला सांसद चौधरीले दिएको अभिब्यक्तिले एमालेमा पनि तरंग उत्पन्न भएको छ ।
त्यस्तै एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको उल्लेख गरेकी छिन् । झाँक्रीले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन् अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।
झाँक्रीले एमालेले संस्थागत निर्णय गरेर देउवालाई विश्वासको मत दिनुपर्ने पनि लेखेकी छन् । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।