काठमाडौं नेकपा एमालेको माधव समुह बाहेकका २३ जना सांसदहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने संभावना बढेर गएको छ ।
नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत देउवालाई खस्ने दाबी गरेसँगै देउवा झनै बलियो हुने भएका छन् । नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिन लागेको बेला राजनीतिक माहोल तातिरहेका बेला सांसद चौधरीले दिएको अभिब्यक्तिले एमालेमा पनि तरंग उत्पन्न भएको छ । त्यस्तै एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको उल्लेख गरेकी छिन् ।
झाँक्रीले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन् ुअदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’ झाँक्रीले एमालेले संस्थागत निर्णय गरेर देउवालाई विश्वासको मत दिनुपर्ने पनि लेखेकी छन् । ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।’