एमाले फुटाउने उद्देश्यले आजै विश्वासको मत लिन लागेको भन्दै स्थायी समितिको बैठकको निष्कर्ष सुनाए ज्ञवालीले — OSNepal

एमाले फुटाउने उद्देश्यले आजै विश्वासको मत लिन लागेको भन्दै स्थायी समितिको बैठकको निष्कर्ष सुनाए ज्ञवालीले

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद एमाले पार्टीमा नरहने निश्कर्ष निकालेको छ । एमालेको
आइतबार बसेको स्थायी कमिटीको बैठकले षडयन्त्रपूर्वक ढङ्गले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकालेको हो ।

बैठक सकिए लगत्तै एमालेका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीले एमाले कतै मिलिहाल्छ कि भन्ने डरले शेरबहादुरले यस्ते कदम चालेको हुनसक्ने बताए । प्रवक्ता ज्ञवालीले भने स्थायी कमिटीको बैठकको निर्णयबारे जानकारी दिँदै भने एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरिएको हो ।

प्रवक्ता ज्ञवालीका अनुसार आज विश्वासको मत लिने प्रक्रिया सकिए लगत्तै केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने सांसदहरूको बारेमा निर्णय गर्ने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर