माधवलाई भेटेपछि ओली पक्षका नेता शंकरले भने – एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गयो — OSNepal

माधवलाई भेटेपछि ओली पक्षका नेता शंकरले भने – एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गयो

LC (KTM) July 18, 2021 0

काठमाडौं-ओली पक्षका एमाले नेता शङ्कर पोखरेलले तीन महिनाको मेहनत खेर गएको बताएका छन् ।पोखरेलले १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सामाजिक संजाल फेसु्कमा स्टाटस लेख्दै भनेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर