काठमाडाैं, ३२ जेठ । आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन् ।
क्रिकेट इतिहासको ४०वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन् । हेडले तीन र स्मिथले एक स्थान सुधार गरेर शिर्ष तीनमा पुगेका हुन ।
सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन । १९८४ डिसेम्बरमा वेस्ट इन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए ।