अभिनेत्री जरीन खानको आमाको स्वास्थ्य अवस्था बिग्रीए पछि उनलाई अस्पताल भर्ना गरिएको छ । अभिनेत्रीले इन्ष्टाग्राम स्टोरीमा आमालाई आईसीयुमा भर्ना गरेको खबर दिएकी छिन् । साथै उनले आफ्ना शुभचिन्तकहरुलाई आफ्नी आमालाई एकदमै छिटो ठिक होसु भन्ने कामना गरिदिन आग्रह गरेकी छिन् ।
जरीन खानकी आमा यसअघि मे मा अस्पताल भर्ना भएकी थिईन् । जरीनले आफ्नो इन्ष्टामा लेखेकी छिन्– मेरो आमा फेरी अस्पताल भर्ना हुनु भएको छ र आईसीयूमा हुनुहुन्छ । कृपया उहाँको लागि प्रार्थना गरिदिनुहोला । उनको आमा लामो समय देखी बिरामी रहदै आएकी छिन् । जरीनको आमालाई मे मा अस्पताल भर्ना गरिएको उनले नै जानकारी दिएकी थिईन् । जरीन आफ्नो आमाको एकदमै नजिक रहेकी थिईन् ।