गच्छदारलाई धरौटीमा छाड्ने निर्णय गरेका विशेष अदालतका अध्यक्षको सरुवा — OSNepal

गच्छदारलाई धरौटीमा छाड्ने निर्णय गरेका विशेष अदालतका अध्यक्षको सरुवा

LC (KTM) July 18, 2021 0

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने विषेश अदालतका अध्यक्षको सरुवा भएको छ ।गच्छदारलाई छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा काजमा पठाइएको छ ।

अध्यक्ष कार्कीले काज सरुवाको निर्णय भएको बताए । यद्यपी सर्वोच्चले भने कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन् । गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको बताइएको छ । गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरानैटीम छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर