सुर्खेत, २५ जेठ-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
सभामुख नन्दा गुरुङ्गले मुख्यमन्त्री शर्माले पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरिएको घोषणा गरे । जेठ २१ गते प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री शर्माले बैठकमा नीति तथा कार्यक्रमको छलफल माथि उठेका प्रश्नको जबाफ दिएका थिए ।