ओलीको पछि लाग्दा चुर्लुम्म डुबे महन्थ ठाकुर, धेरै सारथीले छाड्दैछन् साथ, एक्लिँदै महन्थ — OSNepal

ओलीको पछि लाग्दा चुर्लुम्म डुबे महन्थ ठाकुर, धेरै सारथीले छाड्दैछन् साथ, एक्लिँदै महन्थ

LC (KTM) July 18, 2021 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नचएपनि यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए । रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् । यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर