मोटरसाइकल अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा यामबहादुरको ज्यान गयो — OSNepal

मोटरसाइकल अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा यामबहादुरको ज्यान गयो

LC (KTM) July 18, 2021 0

पाँचथर- पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा   मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बूको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवारमा तेह्रथुमकै उदय कार्की घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ । लिम्बू कुम्मायक–५ स्याबरुम्बामा भवन निर्माणको कामका लागि तेह्रथुमबाट आएका थिए । कुम्मायक–५ सिम्राहा पुलमा पुगेर फर्किने क्रममा को २८ प ८६११ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर