ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको हो - प्रचण्ड — OSNepal

ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको हो – प्रचण्ड

LC (KTM) June 05, 2023 0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव नगरेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफु प्रस्ट रहेको र त्यही अनुसार नै भूमिका खेलेको भन्दै उहाले भूमी साट्ने कुनै पनि बिकल्पमा आफुले छलफल नगरेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले आफुमाथिको आरोप राष्ट्र हितविपरीत रहेको पनि जिकिर गर्नुभयो । नेपालको भूमि नेपालको हो भन्ने स्थापीत भन्ने कुरा पहिलो भएको उहाले बताउनुभयो ।

केहि बुद्धिजीविले राखेको बंगलादेश मोडल आफुले राखेको बिषय नभएको समेत उहाले प्रस्ष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालको हितमा सकारत्मक प्रयास गर्ने भएको र यस पटकको भ्रमण कामकाजी भएको दावी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यसअघिको जस्तै रहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले यसअघि भएका बिषयहरुलाई अहिले ल्याइएको भन्दै नागरिकता विधेयकका बिषयमा दुई ठाँउमा बस्नुपर्ने कारण नभएको बताउनुभयो । उहाले सरकारले निर्णय गर्ने र अदालतले रोक्ने पीडा अहिलेको प्रतिपक्षी र सत्तापक्षले भोगको पीडा भएकाले अदालतमा पुगेको बिषयमा विवाद गर्न नहुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर