गर्मी बढेपछि एकसाता विद्यालय बन्द — OSNepal

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

LC (KTM) June 04, 2023 0

सिन्धुली-केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर