प्रदेश १ मा आज जम्मा १६१ जना मात्र कोरोना संक्रमित थपिए , एकै दिन ४६९ जना कोरोनामुक्त — OSNepal

प्रदेश १ मा आज जम्मा १६१ जना मात्र कोरोना संक्रमित थपिए , एकै दिन ४६९ जना कोरोनामुक्त

LC (KTM) July 17, 2021 0

प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ५५, बराहक्षेत्रमा २४, इटहरीमा ३, दुहवीमा १ र स्थानीय तह नखुलेका ९ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा २२, पथरीशनिश्चरेमा ७, केराबारी, बेलबारी, उर्लाबारी, कटहरी र सुन्दरहरैचामा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, दमकमा ४, धनकुटाको धनकुटा नगरपालिकामा र पाख्रिवासमा २–२, छथर र चौवीसेमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको चौदण्डीगढी र ते¥हथुमको लालीगुराँसमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर