काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा शनिबार दिउँसो प्रचण्डले भेट गरेका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटघाट बाक्लो भएको छ ।
सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।