'क्यालिब्रेसन फ्लाइट’का लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार, कोरोनाले रोक्यो उडान — OSNepal

‘क्यालिब्रेसन फ्लाइट’का लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार, कोरोनाले रोक्यो उडान

LC (KTM) May 15, 2021 0

काठमाडौं -निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।

‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर