काठमाडौं – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले हलिउड फिल्ममा डेब्यु गर्ने भएकी छन् ।उनले छिट्टै हलिउड फिल्म ‘चेन्नई स्टोरी’को सुटिङ सुरु गर्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।
मिडिया विवरणका अनुसार ‘सिटाडेल’ वेब सिरिजमा काम सकिएपछि सामन्थाले अभिनेता विवेक कालरासँग आफ्नो पहिलो अंग्रेजी फिचर फिल्मको सुटिङ सुरु गर्नेछिन् । टिमरी एन मुराको उपन्यास ‘द हजेमेन्ट अफ लभ’मा आधारित हुने यो फिल्मलाई बाफ्टा विजयी निर्देशक फिलिप जोनले निर्देशन गर्दैछन् । उनी अहिले सर्बियामा वरुण धवनसँग ‘सिटाडेल’को सुटिङ गरिरहेकी छिन्, जुन प्रियंका चोपडाको सोही नामको वेब सिरिजको भारतीय संस्करण हो ।
‘चेन्नई स्टोरी’मा उनले जासूसको भूमिका निभाउने बताइएको छ । रोम(कमको कथावस्तुमा आधारित फिल्ममा पूर्व र पश्चिमा संस्कृतिलाई सेलिब्रेट गरिएको छ । यो फिल्मको छायांकन भारतको चेन्नई र बेलायतमा हुने बताइएको छ । फिल्म ‘पुष्पा’को ‘उ अन्तावा’ गीतबाट सामान्थाले थप चर्चा पाएकी हुन् ।