अत्यधिक वर्षापछि आएको भीषण बाढीमा परी १५३ को मृत्यु — OSNepal

अत्यधिक वर्षापछि आएको भीषण बाढीमा परी १५३ को मृत्यु

LC (KTM) July 17, 2021 0

बर्लिन २ साउन – अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृ त्यु भएको समाचारमा जनाइएको छ । धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृ त्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृ त्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृ त्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर