ब्राजिलमा कोरोना महामारी पुनः बढ्यो, २४ घन्टामा मात्रै १ हजार ४५६ जनाको मृ त्यु — OSNepal

ब्राजिलमा कोरोना महामारी पुनः बढ्यो, २४ घन्टामा मात्रै १ हजार ४५६ जनाको मृ त्यु

LC (KTM) July 17, 2021 0

साओ पाओलो २ साउन- कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखएको बताइएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर