अस्ट्रियाको अस्पतालमा भीषण आगलागी, एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधनले निभाइयो आगो — OSNepal

अस्ट्रियाको अस्पतालमा भीषण आगलागी, एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधनले निभाइयो आगो

LC (KTM) May 30, 2023 0

अस्ट्रिया-अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्र्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए ।

यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो । घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर