काठमाडौं -दक्षिण भारतीय अभिनेता धनुष ट्रोलको सिकार बनेका छन् । लामो दारीका कारण रामदेव बाबा जस्तो देखिएको भन्दै उनी ट्रोलको सिकार बनेका हुन् । कतिपयले रामदेव बाबाको बायोपिक गर्न लागेको समेत बताएका छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘रामदेव बाबा पार्ट २’ अर्काले लेखेका छन्, ुसायद उहाँ रामदेव बाबाको बायोपिक बनाउने योजनामा हुनुहुन्छ।
उनी लामो दारी र कालो चस्मा लगाएर भारतको एक एयरपोर्टमा देखिएका थिए।
उनको पछिल्लो समय फिल्म ुवाथीु प्रदर्शन भएको थियो। अब उनी चाडै हलिउड फिल्म ुग्रे म्यानु मा देखिदैछन् । उनी हलिउडको फिल्ममा अभिनय गर्ने पहिलो तमिल अभिनेता हुन्।निर्माता कस्तूरी राजाका छोरा धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन्।