चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार — OSNepal

चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

LC (KTM) May 29, 2023 0

जिउक्वान-चीनको शेन्झाउ-१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ यो सँगै यो यान प्रक्षेपणका लागि तयार रहेको छ ।जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रल जनाएको छ ।

प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च-२ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रि-लन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले बताएका छन् । बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर