निर्णय बिनानै उपत्यकाका सवारीमा दोब्बर भाडा — OSNepal

निर्णय बिनानै उपत्यकाका सवारीमा दोब्बर भाडा

LC (KTM) July 17, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातले विहिबारदेखिनै दोव्वर भाडादर असुल गरेको छ । असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय भए पनि व्यवयासीहरुले भने छोटो दुरीमा सञ्चालित सार्वजनिक यातायातमा चर्को भाडा असुली गरेको छ ।

ट्राफिक प्रहरीमा तोकिएको भाडादर भन्दा दोब्बर असुल गरेको उजुरी परेपछि शुक्रबार विहान १० बजे सम्मा ७० वटा भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिवकुमार दासले बताउनुभयो । व्यवसायीहरुले तोकिएको २० रुपैयाँ भाडादरमा ४० रुपैयाँ सम्म असुल गरेको भेटिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौलाले भने हालसम्म प्रदेशभित्र र स्थानीयतह अन्तर्गत चल्ने छाटोदुरीको सार्वजनिक सवारीसाधनमा भने भाडा समायोजनको कुनै पनि निर्णय नभएको बताउनुभयो । समय अनुसार संघीय सरकारको निर्णयलाई अनुसरण गर्दै क्रमशः भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर