अध्यादेश ल्याएर पार्टी फुटाउने खेल भइरहेको छ सचेत रहौँ — OSNepal

अध्यादेश ल्याएर पार्टी फुटाउने खेल भइरहेको छ सचेत रहौँ

LC (KTM) July 16, 2021 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै यस्तो बताएका हुन् । अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेकोले ओलीले सचेत हुनुपर्ने बताएका छन् ।

सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ र अझै षड्यन्त्र हुन सक्ने भन्दै उनले सचेत गराएका हुन् । ओली प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि पहिलो पटक संसदीय दलको बैठक डाकिएको छ ।

बैठकमा आइतबार पुनस्थापित संसदको बैठक आह्वान गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि नै षड्यन्त्र भइरहेको आभास आफूलाई भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर