मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान सहित दुई जना पक्राउ — OSNepal

मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान सहित दुई जना पक्राउ

LC (KTM) July 16, 2021 0

रुपन्देही १ साउन । भारतबाट अवैध रुपमा मोटरसाइकलमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकलका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका ११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् ।

निजहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले सोही नगरपालिका ११ पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

निजहरुको साथबाट करिब ११ तोला ५० लाल सुन जस्तो देखिन धातु र ७ किलो ५ सय ग्राम चाँदी जस्तो देखिने धातु, ३ थान मोबाइल, नगद १७ हजार २ सय ५० नेपाली रुपैयाँ र ३ हजार भारतीय रुपैयाँ समेत प्रहरी बरामत गरेको छ ।

निजहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर