खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन — OSNepal

खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

LC (KTM) July 16, 2021 0

काठमाडौँ, १ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।

खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उहाँले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर