देशप्रति जिम्मेवार र राष्ट्रियता तथा लोकतन्त्रको पहरेदारको रुपमा हुने काम गर्ने एमालेको निणर्य (पुर्णपाठसहित) — OSNepal

देशप्रति जिम्मेवार र राष्ट्रियता तथा लोकतन्त्रको पहरेदारको रुपमा हुने काम गर्ने एमालेको निणर्य (पुर्णपाठसहित)

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ साउन । नेकपा एमाले अब आफुहरु प्रतिपक्षको भुमिकामा बस्ने निणर्य गरेको छ । आज शुक्रबार प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटिको बैठकले यस्तो निणर्य गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्न आफ्ना सांसदहरुलाई पनि निर्देशनबैठकमा अदालतको फैसला प्रति अशन्तुष्टि समेत जनाइएको छ ।

बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताले दलका उद्देश्य, घोषणापत्र र काम हेरेर आफ्नो अभिमत प्रकट गर्छन्, तर यसरी पार्टीबाट उम्मेदवार बनेका र दलको चुनाव चिह्न एवं घोषणा पत्रका आधारमा जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले सरकार बनाउने बेलामा चाहिँ जो कसैलाई समर्थन गर्न सक्छन्, जो कसैलाई भोट हाल्न सक्छन्, फ्लोर क्रस पनि गर्न सक्छन् ।’

एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना कुनै लोकतान्त्रिक प्रणालीमा नहुने भन्दै निश्चित व्यक्तिका केही आकांक्षा पूरा गर्न गलत अपव्याख्या गरी संविधानको अप्रत्यक्ष संशोधन गरेको आरोप उक्त बैठकले आरोप लगाएको छ । बैठकमा आगामी भूमिका देशप्रति जिम्मेवार र राष्ट्रियता तथा लोकतन्त्रको पहरेदारको रुपमा हुने काम गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर