काठमाडौँ १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले कीर्ते कागजातलाई मान्यता दिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री पदबाट मुक्त भएपछि पहिलो पटक अध्यक्ष ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
अब अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुन सक्ने दावी गरेका ओलीले भने, निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो’ । अदालतको फैसलामा आफ्नो सहमति नभएको तर आफुहरु लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेको बताएका छन् ।
अब दमनको शुरुवात हुन सक्न सक्छ, अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुन्छ । ओलीले बैठकलाई सम्बोधन गर्दै भने ।