काठमाडौँ १ साउन । काठमाडौंमा कोरोना विरुद्धको खोपको अभाव भएको छ ।
चीन सरकारसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप सकिएपछि काठमाडौं शुक्रबार देखि सुरु भएकोे खोप अभियान आजबाट स्थगित भएको हो । काठमाडौं स्वास्थ्य कार्यालयले आज शुक्रबार खोप अभियान स्थगित भएको जानकारी दिएको हो ।
प्रमुख बद्री बहादुर खड्काले आज विज्ञप्ती नै जारी गरि आजबाट खोप अभियान स्थगित भएको सबैलाई जानकारी गराइएको हो ।