निषेधाज्ञा हटेसँगै फेरी बढ्न थाल्यो नेपालमा कोरोनाबाट निधन हुनेको संख्या, शुक्रबार मात्रै यति धेरैले गुमाए ज्यान — OSNepal

निषेधाज्ञा हटेसँगै फेरी बढ्न थाल्यो नेपालमा कोरोनाबाट निधन हुनेको संख्या, शुक्रबार मात्रै यति धेरैले गुमाए ज्यान

LC (KTM) July 16, 2021 0

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो । हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर