एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी दर्ता — OSNepal

एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी दर्ता

LC (KTM) July 16, 2021 0

अस्टेलिया । एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट “हाम्रो ए.आर ।एन. ए- राम्रो एन.आर .एन. ए “नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी दर्ता पनि गरेका छन् ।

हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा संगै दर्ता पनि गराएको हो । जसमा एनआरएनए तास्मानिया राज्य संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रमेज धामी र कविन कर्मचार्य सदश्य रहेका छन् ।

त्यस्तै यसै समुहबाट एनआरएनए तास्मानिया राज्य उपसंयोजक टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि उप-सचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य प्रीती श्रेष्ठ, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।

नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको राज्य संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् ।
राज्य संयोजक सन्देश समुहले ८ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, ४९१ भिसा होल्डर हरुको सम्पत्ति सम्बन्धी अधिकार को कुरा लाई अगदी बढाउने , सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, यहाँ रहेको सम्पुर्ण नेपाली संघ संस्था हरु संग समन्वय गर्दै अझ सबल र प्रभावकारी बनाअनको लागि कार्य गर्ने , नेपाली ब्यबसायीहरु लागि सहयोग गर्दै यो समुदायको ब्यबसाहिक क्षेत्रको बिकासका लागि मद्दत गर्ने, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि नेपाल फेष्टिभल कार्यक्रम लगायत रहेका छन् ।

यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै सहयोग र साथ दिदै आएकोले उहाँहरुको साथले पनि यो समूह विजय हुने दावी केन्द्रिय सदस्य पदका उमेद्वार प्रेमेज धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर