काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेकी छिन् । देउवा प्रधानमन्त्री बने लगत्तै राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयकाअ नुसार आज भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्वन्धका धेरै पाटाहरुमा छलफल भएको थियो । सो अवसरमा चिन सरकारले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलव्ध गराउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा चीन सरकारले नेपाललाई थप १६ लाख भेरोसेल खोप अनुदानमा उपलव्ध गराउने विषयमा पनि प्रम देउवालाई जानकारी दिइन् । यसअगाडि पनि चिन सरकारले नेपाललाई १८ लाख खोप अनुदानमा पलव्ध गराएको थियो भने ४० लाख डोज खोप नेपालले त्यहाँबाट जिटूजी प्रकियामार्फत किनिसकेको छ । जुन खोप अहिले नेपालमा लगाउन सुरु गरिएको छ ।