नेपालमा पछिल्लो २४ घण्टामा १७७५ जनाले जिते कोरोना, ४३ जनाको मृत्यु — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा १७७५ जनाले जिते कोरोना, ४३ जनाको मृत्यु

LC (KTM) July 16, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा १७७५ जनाले कोरोना जितेका छन् ।

यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । त्यस्तै सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ९ हजार ५०६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर