काठमाडौँ १ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा सरकारमा जाने मन्त्रीको टुंगो लगाइने भएको छ ।
पार्टीको महाधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताले गर्दा आज बसेको हो ।