पोखरा १ साउन । पोखराका मेयर मानबहादुर जिसीलाई अजा बिहान मस्तिष्कघात भएको छ ।
मेयर जिसीका प्रेस संयोजक माधव बरालले दिएको जानकारी अनुसार अहिले उनको अवस्था सुधारोन्मुख भएको छ । उनलाई थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भइरहेको पनि बताइएको छ ।
हेलिकप्टर मार्फत मेयर जिसीलाई काठमाडौँ ल्याउने तयारी भएको र खराब मौसमका कारण हेलिकप्टर उड्न नसेकेको जनाइएको छ ।