काठमाडौँ १ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लव र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई बिच भेटवार्ता भएको छ ।
केपी शर्मा आोली सरकार रहँदा तिन बुँदे सहमति गरी स्वतन्त्र राजनीतिमा आएका विप्लव ओली सरकार ढलेसँगै विपक्षी दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका विप्लव हिजो बिहिबार नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
त्यहीँ क्रममा आज जसपाका नेता भट्टराईसँग भेटवार्ता गरेका हुन् । आफ्नो माग पुरा नुहँदै ओली सरकार ढलेपछि संकटमा परेको विप्लवले आफ्नै मागको विषयमा छलफल गरिरहेको जनाइएको छ ।