काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९: ५७ बजेको शुभ साइतमा उनी बालुवाटार सर्न लागेको बताइएको छ ।गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।
‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उनी बालुवाटार निवास सर्न लागेको बताइएको छ । देउवा प्रधानमन्त्री नियुक्न भएपछि ४ दिन आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।