अस्त–व्यस्त काठमाडौंका कोभिड खोप केन्द्र, एकाबिहानै आँखा मिच्दै लाइनमा बस्न बाध्य — OSNepal

अस्त–व्यस्त काठमाडौंका कोभिड खोप केन्द्र, एकाबिहानै आँखा मिच्दै लाइनमा बस्न बाध्य

LC (KTM) July 16, 2021 0

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहिबार बिहान ४ बजेदेखि ज्येष्ठ नागरिकहरु आँखा मिल्चै लाइनमा बस्न पुगे । कोही आफ्नो स्थान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए । एकातर्फ कोभिड १९ को उच्च जोखिमको त्रास छ ।

भने अर्कोतर्फ खोप नपाउने चिन्ता सर्वसाधरणमा छ । त्यही भएर आफूहरु बिहाननैदेखि लाइनमा बस्नु परेको लाइनमा बसेकाहरुको गुनासो थियो । बुधबार छाउनीदेखि स्वयम्भुको भगवानपाउन भन्दा पनि माथिसम्म लाइन बस्दा समेत खोप लगाउने पालो नपाउनु तितो यर्थात भोगेकाहरु पनि लाइनमै बसेका भेटिएका थिए ।

‘बुधबार बिाहन ११ बजेदेखि लाइन बसेँ साझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो । सामाजिक दूरी कायम थिएन । त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रनै लागेन । ४ बजे नै लाइनमा लागेको छु ।’

सरकारले खोपमा उचित व्यवस्थापन गर्न नसकेको कारण सर्वसाधारणहरुले दुःख पाएको वाफलका सुरेश श्रेष्ठको गुनासो छ । सुरेश पनि बुधबार खोपका लागि लाइनमा बसेको र बिहीबार बिहानै लाइनमा आएर बसेको बताए । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर