काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फा सीवादसँग मिल्दोजुल्दो भएको भन्दै टिप्णी समेत गरेका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणी गरेका छन् ।
उनले लेखेका छन् छन्, ‘खसीको टाउको छि नालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’