एमाले स्थायी कमिटीको बैठक बस्दै, सल्लाह नै नगरी बैठक बोलाएपछि माधव पक्ष नजाने — OSNepal

एमाले स्थायी कमिटीको बैठक बस्दै, सल्लाह नै नगरी बैठक बोलाएपछि माधव पक्ष नजाने

LC (KTM) July 16, 2021 0

काठमाडौं – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको छ । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको छ ।तर असन्तुष्ट माधवकुमार नेपाल पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताइएको छ ।

पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठक सहभागी नहुने नेता युवराज ज्ञवालीले बताए ।यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो ।

कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरित अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन् । त्यसपछि विवाद झन चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर