खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन — OSNepal

खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

LC (KTM) July 16, 2021 0

काठमाडाैं । संक्रमणकाे निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ ।
जनस्वास्थ्यविद् प्रा डा सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

अहिले पनि कोरोना भाइरसको जाखिम कायम नै रहेको बताउनुहुँदै जनस्वास्थ्यविद् महरठ्ठाले अनावश्यक हिँड्डुलमा प्रतिबन्ध लगाउन नसके कोरोना नियन्त्रणमा लिन गाह्रो हुने बताउनुभयो ।योसँगै पीसीआर परीक्षणको मात्रा पनि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको आवश्यकता भनेको तीन तहका सरकारको समन्वय रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर