सक्ताको चाबी नेपालको हातमा — OSNepal

सक्ताको चाबी नेपालको हातमा

LC (KTM) July 16, 2021 0

काठमाडौं । यति बेला शेर बहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव कुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ ।

यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विशवासको मताका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली भने चिढिएका छन् ।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो । हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिभीसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन् । नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर