नेदरल्याण्डका फ्यानहरु लाई झट्का लाग्ने खबर , आखिर चर्चित खेलाडी आर्जेन रोबीनले गरे यस्तो दुःख पुर्ण निर्णय — OSNepal

नेदरल्याण्डका फ्यानहरु लाई झट्का लाग्ने खबर , आखिर चर्चित खेलाडी आर्जेन रोबीनले गरे यस्तो दुःख पुर्ण निर्णय

LC (KTM) July 15, 2021 0

नेदरल्याण्डका फ्यानहरुका लागि दुःखको खबर आएको छ । किनकी नेदरल्याण्डका विंगरका रुपमा चर्चित खेलाडी आर्जेन रोबिनले खेल जिवनबाटै सन्यास लिएका छन् । जर्मनी क्लब बायर्न म्युनिखका पूर्व विंगर रोबिनले बिहीबार खेल जीवनबाट सन्यास घोषणा गरे संगै उनका फ्यानहरु निराश बनेका छन् ।

रोबिनले एक विज्ञप्ति नै निकालेर आफ्नो सक्रिय खेल जीवनलाई पुर्ण बिराम दिने बताएका छन् । उनले भनेका छन् प्रिय फुटबलका साथीहरु । मैले सक्रिय फुटबल जीवन रोक्ने निर्णय गरेको छु । मलाई समर्थन गर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद ।

रोबिनले ३७ वर्षको उमेरमा २१ वर्षे खेल जीवनलाई अन्त्य गरेका हुन् ।चेल्सी र रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका रोबिनले २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए । बायर्न छाडेपछि उनले सन्यास घोषणा गरेका थिए । तर, सन्यास फिर्ता लिँदै उनी व्यवसायिक फुटबलमा फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर