इटालियन सिरी ए फुटबलमा हरियो जर्सी नै लगाउन नपाउने बाध्यता बनाए टेलिभिजनहरुले , कारण रहेछ यस्तो अचम्मको — OSNepal

इटालियन सिरी ए फुटबलमा हरियो जर्सी नै लगाउन नपाउने बाध्यता बनाए टेलिभिजनहरुले , कारण रहेछ यस्तो अचम्मको

LC (KTM) July 15, 2021 0

बिभिन्न लिगका क्लबहरुको आ आफ्नै किसीमको जर्सी रहेको छ । उनीहरुको यो जर्सी दर्शक माझ लोकप्रिय नै रहदै आएको छ । यहि जर्सीको बिषयमा नयाँ कुरा आएको छ । इटालियन सिरी ए फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ ।

सिरी ए ले सन् २०२२ २३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ । हरियो जर्सीमा प्रतिबन्ध लगाउनुको कारण भने अचम्मको रहेछ । सिरी एु फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको हो ।

टेलिभिजनहरुले किन यस्तो आग्रह गरे त भन्दा मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ । आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ । सिरी ए को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर