एजेन्सी- साउथको बहुप्रतिक्षीत फिल्म ‘आचार्य’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । । शनिवार निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको थियो, जसमा अभिनेता राम चरण फिचर छन् । फिल्मको ९० प्रतिशत छायाकंन सकिएको छ ।
अब जम्मा १० प्रतिशत मात्र छायांकन गर्न बाँकी छ । फिल्ममा राम चरण एक विद्यार्थी नेपालको भूमिकामा छन् । उनका पिता चिरञ्जीवीको पनि फिल्ममा मुख्य भूमिका छ । यसैले पनि फिल्ममा चर्चामा छ ।
सअघि उनीहरुले ‘ब्रुस ली स् द फाइटर, कैदी न। १५०’ जस्ता फिल्ममा काम गरिसकेका छन् । फिल्ममा काजल अग्रवाल, सोनू सूद र पूजा हेगडेको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई कोराटला शिवले निर्देशन गरेका छन् । लामो समयपछि पिता र छोराले एकसाथ स्क्रिन शेयर गरेका कारण दर्शकमाझ ‘आचार्य’ लाई लिएर निकै उत्सुकता छाएको छ ।